Loading... आजः २०८१ बैशाख १२, बुधबार

नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको माहामन्त्रि थापाको टिप्पणी

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको टिप्पणी गरेका छन । मंगलबारकाठमाण्डौमा आयोजित ुनेपालको लोकतान्त्रिक आन्दोलन र नबिन्द्रराज जोशीु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले छट्टुहरु हाबी भएको बताएका हुन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुप्रति लक्षित गर्दै महामन्त्री थापाले देशमा छट्टुहरु राजनीतिमा आउने र लटरपटर पार्ने काम शुरु गरेको आरोपसमेत लगाए । उनले देशलाई छट्टुभन्दा पनि गति र मति दुबै भएको नेता जरुरी रहेको बताए । झुक्याउने खालको छट्टुहरु नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाको भनाई थियो ।