पूर्वराज्यमन्त्री खड्काको निधन
जेठ १५, २०८२ बिहीबार ।
नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको ८२ वर्षको उमेरमा निधन भएको छ ।
उनको दैलेखको नारायण नगरपालिका–७ किमुगाउँमा रहेको आफ्नै निवासमा आज बिहान निधन भएको नेपाली कांग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले जानकारी दिएका छन ।
कांग्रेसका दैलेख जिल्ला सभापति खड्का २०४८, २०५१ र २०६४ को पहिलो संविधानसभा चुनावमा समेत गरी तीन पटक सांसद भएका थियो ।
२०६४ मा त्यति बेलाको मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १५ जिल्लाका ३० निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट जित्ने उनि एक्लो सांसद थिय ।
२०२५ सालदेखि राजनीतिमा सक्रिय खड्का २०२७ देखि २०३० सम्मका नेपाली कांग्रेसको जिल्ला उपसभापति र २०३३ देखि २०४८ सम्म सभापति भएका थिय ।
२०६२/०६३ को लोकतान्त्रिक आन्दोलनको दैलेखमा उनले नेतृत्व गरेका थिए । उनका श्रीमती, २ छोरा र ३ जना छोरी छन ।
परिवर्तन संवाददाता
१६ जेष्ठ २०८२, बिहीबार १९:३७