भोलि सम्म देशकााधेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना
साउन ४, सुर्खेत ।
आईतबार बिहान आज देखि सबेरै पूर्वी नेपालबाट थप सक्रिय हुने मनसुनी प्रणालीले भोलि सम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावनारहेको मौसमविद्ले बताएका छन् ।
न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ सर्ने र वर्षा गराउने प्रणाली पनि नेपालतर्फ प्रवेश गरिरहेकोले वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
उहाँका अनुसार आईतबार पूर्वी नेपाल हुँदै लुम्बिनी प्रदेशसम्म र पर्सी पश्चिम नेपालमा धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना समेत रहेको छ । बदली भने देशभर हुनेछ । तर यस पटक पनि मधेश प्रदेशमा भने ठूलो पानीको सम्भावना कम देखिएको मानन्धरले बताउनुभयो ।
शुसक्रबार सम्मको अवस्थामा मधेशमा समेत वर्षाको सम्भावना रहे पनि प्रणालीमा आएको फेरबदलले मधेशमा ठूलो वर्षाको सम्भावना कम हुँदै गएको र भइहालेमा पनि सिमित ठाउँमा मात्रै हुने उहाँको भनाइ छ ।
आज आइतवार र भालि सोमवार वर्षा भए पनि सोमवार राति वा मङ्गलवार बिहानदेखि नै वर्षा कम भएर मौसम खुल्ने सम्भावना देखिएको मौसमविद् मानन्धरले बताउनुभयो । मौसमविद् उज्जवल उपाध्यायका अनुसार बागमती, कोशी र गण्डकी जलाधारमा ठूलो वर्षाको सम्भावना छ । उहाँले भोलि र पर्सि खासगरी पृथ्वीराजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढखण्डमा सकेसम्म यात्रा नगर्न सुझाव दिनुभएको छ ।
परिवर्तन संवाददाता
५ श्रावण २०८२, आईतवार ०६:०९