Loading... आजः २०८२ पुष ३, बिहीबार

एमालेको निर्वाचन तालिका सार्वजनिक, आज उम्मेदवारी दर्ता

मंगलबार चुनाव हुने

 

 

काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि कार्यतालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले आइतबार ७ बजेदेखि मंगलबारसम्मको कार्यतालिका सार्वजनिक गरेको हो।

मंसिर २९ गतेसम्मका लागि महाधिवेशन मिति तय गरिए पनि निर्वाचन आयोगले एक दिन थपेको हो। निर्वाचन आयोगले मंगलबार विहान ११ बजेदेखि ५ बजेसम्म मतदान र त्यसपश्चात मतगणना हुने जानकारी दिएको छ।

त्यसअघि सोमबार विहान सवा १० बजे मतदाताको अन्तिम नामावली प्रकाशन भएपछि साढे १० बजेदेखि मनोनयन दर्ता सुरू गरिने आयोगले जनाएको छ। त्यसपछि उम्मेदवारको नामावली प्रकाशन, दाबी विरोधसहित बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।