Loading... आजः २०८२ पुष ३, बिहीबार

कर्णालीमा प्राङ्गारिक कृषि उत्पादनलाई बजारसँग जोड्ने बारे सरोकारवालाहरु बिच परामर्श कार्यशाला सम्पन्न

जैविक प्रमाणिकरण लोगो नहुँदा समस्या

कृष्ण शर्मा  सुर्खेत । कर्णालीमा प्राङ्गारिक रैथाने कृषि उत्पादनलाई बजारसँग कसरी जोड्नेभन्ने बारे सरोकारवालाहरु बिच परामर्श गरीएको छ । सुर्खेतमा को विरेन्द्रनगरमा आयोजित “मूल्य शृंखला सरोकारवालाको परामर्श कार्यशाला” विषयक कार्यक्रममा  प्रदेश  तथा स्थानिय सरकारका प्रतिनिथि प्राङ्गारिक कृषि उत्पादनका क्षेत्रमा कामगर्दै आएका गैरसरकारी संसस्था कृषि उद्यमि,किसान र कृषिउपज खरिद कर्ताहरु बिच कर्णालीमा प्राङ्गारिक कृषि उत्पादनलाई बजारसँग कसरी जोड्नेभन्ने बारे छलफल भएको हो ।

छलफल कार्यक्रममा पर्यावरणमैत्रि कृषि उत्पादनमा आवद्ध नमुना पिजिएस समुहका कृषकहरुलेआफ्नो उत्पादनले बजारमा उचित मुल्य पाउने अवस्था नरहेको ,प्राविधिक जनशक्तिको अभाव, कृषिउपज भण्डारण तथा बिक्रिवितरण जस्ता समस्याहरुले किसानहरुलाई निरास बनाएको गुनासो गरेका छन ।

विरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ का किसान गौरी दाहालले उपभोक्तालाई प्राङ्गारिक उत्पादन हो भनेर भरोसा दिलाउन जैविक प्रमाणिकरण लोगो नहुँदा समस्या भएको बताउदै प्राविधिक ज्ञानका लागी आवश्यक जनशक्तिको अभावरहेको गुनासो गरिन ।

छलफलमा कर्णाली प्रदेश सरकार अन्र्तगत भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको योजना माहाशाखामा कार्यर वरिष्ट कृषि प्रसार  अधिकृत बखत खड्काले पर्यावरणमैत्रि कृषि उत्पादनका सवालमा कर्णली सरकार स्थापना कालदेखिनै अग्रसरहेको दावीगरे ।

अधिकृत खड्काले प्रदेश सरकारले जैविक मल तथा विषदिमा ५० प्रतिशत अनुनुदान वितरण,मूल्यवान लोगो कार्यक्रमलाई लागु गर्ने,चालु आर्थिक वर्षमा प्राङ्गारिक प्रमाणिकरणलाई जोड्ने लगाएतका निति,कार्यक्रम तय गरी बजेटब्यबस्थापन गरीएको जानकारी दिए ।

कृषिअर्थविज्ञ रुद्र आर्चायको समन्वयमा सुर्खेतमा प्राङ्गारिक कृषि उत्पादन गरिरहेका किसान,र तरकारी ब्यापारीहरुविच खरिद विक्रिको लागी सम्झौता कार्यसमेत भएको छ।

कर्णाली प्रदेश सरकारको समन्वय तथा डि.सि.ए.नेपाल,ग्रिनकर्णाली परियोजान र लिबर्डको आर्थिक सहयोगमा संञ्चाल गरीएको उक्त कार्यक्रमले आगामी दिनमा कृषिमा मूल्य शृंखला सुदृढ गर्दै किसानलाई उचित मूल्य सुनिश्चित गर्न नीति तथा योजना निर्माणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।