बादललाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने एमालेको निर्णय
काठमाडौँ । नेकपा एमालेले रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदमा पार्टीका नवनियुक्त स्थायी समिति सदस्य रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भएको छ । यसअघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित बादललाई पार्टीले कारवाही गरेपछि उनको राष्ट्रिय सभा सदस्यको पद गुमेको थियो ।
निर्वाचन आयोगले बिहीबार मात्र राष्ट्रियसभाको रिक्त पदका लागि उप निर्वाचनको मिति तोकेको थियो । आयोगले थापाको रिक्त स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको हो ।
गृहमन्त्री थापाको स्थानमा उपनिर्वाचनको मिति तोकियो
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उप निर्वाचनद्वारा पूर्ति गरिने कानूनी व्यवस्था छ । सोही बमोजिम सरकारले निर्वाचन आयोगको परामर्शमा उप निर्वाचनको मिति तोकेको छ ।
उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन्। एक सय १० जना प्रदेश सदस्य र २ सय ३८ पालिका प्रमुख उपप्रमुख रहेको छन् । जसको मतदानबाट राष्ट्रिय सदस्यको नयाँ सदस्य चयन हुनेछ ।
परिवर्तन संवाददाता
१० बैशाख २०७८, शुक्रबार १५:३८