Loading... आजः २०७८ जेष्ठ १, शनिबार

दैलेखमा माधव नेपाल समूहको समानान्तर कमिटी घोषणा

 दैलेख ः दैलेखमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला कमिटी गठन गरेको घोषणा गरेको छ। बरुनाथ योगीको अध्यक्षतामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।

वरिष्ठ प्रदेश सदस्य टेकबहादुर खाणले अध्यक्ष लगायत ४ सदस्यीय पदाधिकारीलाई सपथ खुवाएका थिए। उनीहरुले नेकपा एमाले जिल्ला कमिटी पुनर्गठन गरिएको बताएका छन्। पालिका हुँदै वडासम्मै कमिटी विस्तार हुने जनाइएको छ। १ सय ८५ सदस्यीय नेकपा एमाले पुनर्गठन भएको अध्यक्ष बरुनाथ योगीले बताए। जिल्ला कमिटी घोषणा सभामा कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा पनि सहभागी थिए।  (नागरीकबाट)