Loading... आजः २०८१ बैशाख ८, शनिबार

कर्णाली प्रदेश सरकारले एकिकृत बस्ती विकासको काम अगाडी बढायो

एकिकृत वस्ती विकासका लागि प्रदेश सरकारले २ करोड रकम विनियोजन

सुर्खेत -कर्णाली प्रदेश सरकारले एकिकृत बस्ती विकासको लागि स्तथानीय तहसँग मिलेर काम गरिरहेको बताएको छ ।

छरिएर रहेका ग्रामीण बस्तीमा अपेक्षाकृत विकास गर्न नसकिएपछि सरकारले एकिकृत बस्ती विकासको अवधारणा ल्याएको हो । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले चालु आर्थिक वर्षमा प्रदेशले हुम्लाको ताजाकोट गाउँपालिका, मुगुको खप्त्याड, कालिकोटको रास्कोट नगरपालिका, डोल्पाको मुड्केचुला र जाजरकोटको जुनिचादे र बारेकोट गाउँपालिकामा २ करोड एकिकृत बस्ती विकासका लागि बजेट पाठाएर काम शुरु गरेको बताएको छ । एकिकृत बस्तीका लागि प्रदेशका केही स्थानीय तहले डीपीआर निर्माण गरिसकेको प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता केशवप्रसाद उपाध्यायले बताए।

प्रदेशका दशवटै जिल्लामा संभावित जोखिम क्षेत्रका बस्तिहरुलाई जोखिम पहिचानगरी सम्बन्धित स्थानीय तहहरुले कायान्वयनको बस्ती स्थानान्टतरण गर्ने काम गरेको उहाले जानकारी दिनुभयो । अहिले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आफु मातहतका दशवटा कार्यायलयमा स्थानीय नागरिकको माग आनूसार बजेट विनियोजन गरिएको उनले जानकारी दिए । दुर्गममा छरिएका बस्तीलाई एकिकृत गर्ने र नागरिकलाई भौतिक सुविधा उपलब्ध गराउने सरकारको योजना छ ।

एकिकृत वस्ती विकासका लागि प्रदेश सरकारले २ करोड रकम विनियोजन गरेको छ । आगामी आर्थिक बर्षमा पनि यो कार्यक्रमका लागि बजेट विनियोजन हुने जनाइएको छ ।