Loading... आजः २०७८ असार ११, शुक्रबार

भिर बाट लडेर २८ वर्षिय युवतिको निधन

दैलेख – भिर बाट लडेर २८ बर्षिय युवतिको मृत्यु भएको छ ।

भगवतिमाई गाउँपालिका वडा नंम्बर तिन मेहेलतोली निवासि अमृता भट्टराईको शनिबार बिहान भिरवाट लडेकि थिईन ।आमा संगै घाँस काट्न गएकि भट्टराई स्वहि वडा स्थित कुर्दुक भन्ने ठाउँमा घाँसकाटिरहेकै अवश्थामा लडेर घाईते भएकि हुन ।

गम्बिर घाइते भई होस गुमाएकि भट्टराई लाई गाउँपालिकाको एम्बुलेन्स मार्फत जिल्ला अस्पताल दैलेख ल्याउने क्रममा नारायण नगरपालिका आठ सिमाडा भन्ने ठाउँमा मृत्यु भएको थियो ।