Loading... आजः २०८१ बैशाख ८, शनिबार

नेपाल जोर्डनसँग ३–० ले पराजित

विश्वकप छनोटबाट बाहिरियो

विश्वकप तथा एसियन कप फुटबल छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भयो।जोर्डनको जितमा बाहा फाइजल सिफले दुई र याजन अल अरबले एक गोल गरे ।

नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई लडाएपछि पाएको पेनाल्टीमार्फत खेलको २४ औं मिनेटमा जोर्डनले गोलको सुरुवात गरेको थियो । त्यसपछि ४९ औं मिनेटमा बाहा फाइजलले र ६७ औं मिनेटमा याजनले गोल गरे । यसअघि गएको अक्टोबरमा पहिलो चरणको खेलमा घरेलु मैदानमा पनि जोर्डनले नेपाललाई ३–० गोलले नै हराएको थियो ।हारसँगै नेपालको विश्वकप छनोटको सम्भावना सकिएको छ ।

एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने आशा भने गणितीय रुपमा कायमै रहेको छ । एसियन कपको तेस्रो चरणमा पुग्न नेपालले आउँदो शुक्रवार अष्ट्रेलियासँगको खेले जित्नैपर्ने हुन्छ ।