Loading... आजः २०८३ श्रावण ५, मंगलवार

डोटीमा पहिरोमा पुरिएर दुई बालकको मृत्यु

लगातारको वर्षापछि आएको पहिरोमा पुरिएर डोटीमा दुई बालबालिकाको मुत्यु भएको छ।

बिहीबार साँझ जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का सात वर्षीय बालक विनोद भण्डारी र ११ वर्षीया बालिका जेनिषा विष्टको मृत्यु भएको प्रहरीले जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लकाअनुसार उनीहरुको स्थानीय चिसापानी भन्ने ठाउँ पहिरोमा पुरिएर मृत्यु भएको हो।

बाख्रा चराउन गएका उनीहरु पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएका थिए। च्यापिएको थाहा भएपछि नेपाल प्रहरी र स्थानीयले पहिरो पञ्छ्याउँदा उनीहरु मृत फेला परेका हुन्।

हिजो बुधबार मात्रै जिल्लाको केआई सिंह गाउँपालिका–३ का ६५ वर्षीय पुरुषको पहिरोमा परि ज्यान गएको थियो।