Loading... आजः २०८१ बैशाख ७, शुक्रबार

इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रइसीद्धारा अमेरिकालाई प्रतिबन्ध हटाउन अपिल

 

इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रइसीले अमेरिकालाई प्रतिबन्ध हटाउन अपिल गरेका छन्।

शुक्रबार चुनाव जितेपछि सोमबार राजधानी तेहरानमा आयोजित पहिलो पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘म अमेरिकासँग अपील गर्न चाहन्छु,परमाणु सम्झौताप्रति आफ्नो प्रतिवद्धता पालना गर्दै इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाइयोस्।’

रइसीले अमेरिकाले परमाणु सम्झौता उल्लंघन गरेको र युरोपीय संघ आफ्नो वाचा पूरा गर्न असफल रहेको टिप्पणी पनि गरेको बिबिसीले जनाएको छ।

‘कट्टरपन्थी मानिने ६० वर्षीय रइसी पश्चिमी देशका कडा आलोचक मानिन्छन्। उनले आगामी अस्टमा हसन रुहानीबाट सत्ता सम्हाल्नेछन्।

‘हामी विश्व समुदायसँग वार्ता गर्छाैं,उनले भने, ‘परमाणु सम्झौताका कारण हामी इरानी नागरिकको अधिकारमाथि असर पर्न दिँदैनौँ।

इरानको अर्थव्यवस्थामाथि अमेरिकी प्रतिबन्धका कारण गहिरो असर परिरहेको छ र नयाँ राष्ट्रपतिका सामु यो विषय सबैभन्दा ठूलो चुनौति बनेको छ।

जानकारहरुका अनुसार रइसीको जीतले परमाणु सम्झौता पुनर्जीवित गर्नका लागि हुने संवादमा इरानको सम्झौताको अवस्थामा कुनै परिवर्तन आउने छैन।

इरानको नीतिगत मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयतुल्लाह अली खमेनीको अनुमति पश्चात मात्रै लिइन्छ।