Loading... आजः २०८१ बैशाख ८, शनिबार

बलात्कार प्रतिकार गर्दा सन्तोषीको हत्या, आरोपी सार्वजनिक

 

काठमाडौं : प्रहरीले दक्षिणकाली मन्दिर परिसरमा हत्या गरिएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई सार्वजनिक गरेको छ।

महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरेर तिमल्सिनालाई सार्वजनिक गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख  चन्द्रकुवेर खापुङले पत्रकार सम्मेलन गर्दै  बलात्कारको प्रतिकार गरेपछि सन्तोषीको हत्या तिम्सिनाले गरेकाे अनुसन्धानबाट खुलेको जानकारी दिए।

उनका अनुसार सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-१४ घर भई दक्षिणकाली बस्ने २९ वर्षीय तिमल्सिनाले असार ६ गते खाना र बस्ने व्यवस्था मिलाइदिने भन्दै मन्दिर परिसरमा लगेर उनलाई  बलात्कार प्रयास गरेका थिए।

‘त्यहाँ लगेर जबरजस्ती गर्न खोजेपछि सन्तोषीले प्रतिकार गर्दा सलले घाँटी कसेर उनको हत्या भएको देखियो’, खापुङले भने, ‘उनको हत्यापछि कसैले अनुहार नचिनोस भनेर ढुंगाले हानेर छियाछिया पारेका रहेछन्।’

काठमाडौं कालोपुल बस्दै आएकी सन्तोषीको शव प्रहरीले मंगलबार दक्षिणकालीको मन्दिर नजिकको एक सार्वजनिक शौचालयमा भेट्टाएको थियो।

प्रहरीले हत्या आरोपी तिमल्सिनालाई ​असनमा लुकेर बसेको अवस्थामा  बिहीबार बिहान पक्राउ गरेको थियो।