Loading... आजः २०८२ मंसिर १, आईतवार

दिउँसाे २ बजे सम्म बजार खाेल्ने गरी सुर्खेतमा निषेधाज्ञा थप्ने तयारी

 

सुर्खेत। सुर्खेत जिल्ला प्रशासन कार्यालयले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा असार १७ गतेसम्म निषेधाज्ञा थप गर्ने भएकाे छ। सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रामेबहादुर महतले केही खुकुलाे पारी एकहप्ताका लागि थपने तयारी भइरहेकाे बताएकाछन्  ।

कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासनले वैशाख १४ गते देखि लागू गरेको निषेधाज्ञालाई निरन्तरता दिइएको हो । थप गरिएको निषेधाज्ञामा खाद्य सामग्री, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स र भाँडाबर्तनका पसलसंँगै पुस्तक, स्टेसनरी, कपडा तथा फेन्सी पसल र टेलरिङ सेन्टरहरू बिहान ६ बजेदेखि २ बजेसम्म खोल्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी महतले बताए ।

यसै गरी बिमा, बैंक तथा वित्तीय सेवा तथा सरकारी कार्यालयहरूले पनि सेवा सुचारू गर्ने सहायक प्रमुख जिल्ला अधिकारी महतले बताए । मानिसहरूको भिडभाड हुने सभा, सम्मेलन गोष्ठी, तालिम सेमिनार, सिनेमाहल पार्टी प्यालेस, खेलकुद आदि सञ्चालन गर्न लगाइएको रोक यथावत् छ ।