Loading... आजः २०८१ बैशाख ७, शुक्रबार

युक्रेनमा शान्तिको कामना गर्दै राजदूतहरूले गरे दीप प्रज्वलन

काठमाडौँ – अमेरिकासहित युरोपेली युनियन (ईयू)का सदस्य राष्ट्रका प्रतिनिधिहरूले युक्रेनमा शान्तिको कामना गर्दै आज साँझ बौद्धमा दीप प्रज्वलन गरेका छन्।अष्ट्रेलिया‚ युक्रेन‚ जापान‚ बेलायतलगायत देशका राजदूतले दीप बालेका छन्।

उनीहरूले रूसले तत्काल युद्धविराम गर्दै वार्तामा बसी युक्रेनमाथिको आक्रमण बन्द गर्न आह्वान गरेका छन्। रूस-युक्रेन युद्धमा ज्यान गुमाउनेको आत्माको शान्तिको कामना गर्दै उनीहरूले दीप प्रज्वलन गरेका हुन्।

आठ दिनदेखि रूस र युक्रेनबीच युद्ध भइरहेको छ।