पिपिरा चोकमा मोटरसाइकल दुर्घटना,७० वर्षीया महिलाको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ।
वीरेन्द्रनगर–११ पिपिरा चोक नजिकको फोरलेन सडकमा भएको दुर्घटनामा ७० वर्षीया लक्ष्मी लामिछानेको ज्यान गएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार मंगलबार दिउँसो करिब २ बजे पिपिरा चोकबाट धुलियाबिटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००२ प ३२७१ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकी लामिछानेलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।
मृतक लामिछाने वीरेन्द्रनगर–१३ की बासिन्दा हुन्। दुर्घटनामा मोटरसाइकल चालक लेकवेशी नगरपालिका–३ निवासी २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका छन्। उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








परिवर्तन संवाददाता
१ माघ २०८२, बुधबार ११:४३