Loading... आजः २०८२ माघ ७, मंगलवार

जाजरकोट जिप दुर्घटना, दुईको मृत्यु

प्रहरी अनुसन्धान जारी

सुर्खेत , पुस २५ गते । जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

छेडागाड नगरपालिका–८ को घोगीदेखि थलहतर्फ जाँदै गरेको जिप नाउरीघाट भन्ने स्थानमा दुर्घटनामा परेको स्थानीयले बताएका छन्।

दुर्घटनामा परी सोही स्थानका २५ वर्षीय राजु अधिकारी र ६५ वर्षीय नन्दकला अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तथा स्थानीयवासी कृष्णप्रसाद शर्माले  जानकारी दिए ।

जिपमा चालकसहित पाँच जना सवार रहेकोमा अन्य दुई जना यात्रु र चालक घाइते भएका छन्।  अघाईतेहरुलाई उद्धारगरी छेडागाडनगर अस्पतालमा उपचारकालागी पुर्याईएको बताएकाछन ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ। घटनाबारे विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।