रेक्चा र पुच्मा बागमारा गाउँको प्यास बारे मन्त्रि थापाको चासो ;अभाव हुन नदिने प्रतिबद्धता

कृष्ण शर्मा । दैलेख : सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर –५ रेक्चा र वडा नम्बर ४ पुच्मा बागमाराका स्थानीय पानीको अभावमा कष्टकर जीवन बिताउन बाध्य नागरिकको प्यास मेटाउन कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाले चासो दिएका छन ।
रेक्चा र पुच्मा बागमाराको खाने पानि लगाएत विविध समस्या समधानका लागि लागि सम्भाव्यता अध्ययन गर्न शनिबार मन्त्री थापाको टोली त्यसतर्फ पुगेको हो ।
पानीको अभावमा कष्टकर जीवन बिताउन बाध्य ति क्षेत्रका बासिन्दालाई पानी अभाव हुन नदिन मुहान स्रोत र व्यवस्थापनका लागि स्थलगत अनुगमन समेत गरिएको मन्त्री थापाले जानकारी दिए ।
खानेपानी अभाव र लघु जलविद्युतको लागि आवश्यक बजेट व्यवस्थापन गर्ने , चौकुने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सर्वदलीय र स्थानीयको सहभागितामा खानेपानीको बैकल्पिक व्यवस्थाका लागि वोरिङ्गको सम्भाव्यता अध्ययनका लागि बजेट व्यवस्थापन गर्ने ,चौकुने गाउँपालिका क्षेत्रका विभिन्न सडक, खानेपानी, विद्युतीकरण, शिक्षा लगायत विषयमा मन्त्री अम्मर बहादुर थापालाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रतिनिधीमार्फत जानकारी गराउने निर्णय भएको मन्त्रीका प्रेस सल्लाहकार चक्र केसीले परिवर्तन दैनिक लाई जानकारी दिए ।








परिवर्तन संवाददाता
२७ असार २०७८, आईतवार १४:०८