Loading... आजः २०८२ माघ २०, सोमबार

शीतल निवास देउवाको पर्खाइमा, नियुक्ति नसच्चिएसम्म शपथ नलिने अडान

शीतल निवास अन्योलमा

 

काठमाण्डौ – प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियुक्तिको ब्यहोरा नसच्चिएसम्म शपथ नलिने बताका छन । अहिले बेलुकी ६ बजे शपथ ग्रहणको जानकारी गराएर तयारीका साथ बसेको शीतल निवास देउवा नगएपछि अन्योलमा परेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई नियुक्त गर्दा संविधानको कुनै धारा उल्लेख नगरि सर्वोच्चको संवैधानिक इजलासको फैसलाअनुसार नियुक्त गरिएको ब्यहोरा उल्लेख गरेकी थिईन । तर राष्ट्रपतिले पूर्वाग्रह राखेर संविधानको धारा नै उल्लेख नगरि नियुक्त गरेको भन्दै चौतर्फी विरोध भएको छ ।

राष्ट्रपति भण्डारीले देउवालाई संविधानअनुसार नियुक्त भएको उल्लेख गरेकिछैनन् छैन । देउवालाई सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाअनुसार नियुक्त गरिएको कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।