Loading... आजः २०८२ माघ २०, सोमबार

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले लिए शपथ

चार मन्त्री नियुक्त

काठमाडाैं : शितल निवासमा नेपाली कांग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्रीको शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीतल निवासमा सपथ खुवाएकी हुन्।

यस्तै राष्ट्रपतिले आजै गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, अर्थ मन्त्री जनार्दन शर्मा तथा ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रीमा पम्फा भुषाललाई खुवाएकी छन्।

राष्ट्रपति भण्डारीले आजै अपरान्ह गरेको नियुक्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै देउवाले सपथ लिन अस्वीकार गरेपछि सपथ ग्रहण कार्यक्रम सवा दुई घण्टा ढिलो सुरु भएको थियो।

देउवाको अडानपछि राष्ट्रपतिले संविधानको धारा उल्लेख गरी प्रधानमन्त्री पदमा नियुक्ति दिएकी हुन्। देउवालाई संविधानको धारा ७६ (९) अनुसार शपथ खुवाउने सहमतिपछि देउवाले शपथ लिएका हुन्।

शपथ खुवाउँदा ‘सर्वोच्च अदालत संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम साथै नेपालको संविधानको धारा ७६ (९) अनुसार नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा आज मिति २०७८ असार २९ गते नियुक्त गर्नुभएको छ,’ भन्ने भाषा प्रयोग गरिएको थियो।

संविधानको धारा उल्लेख भएको नियुक्ति नदिएसम्म आफूले शपथ नलिने भन्दै देउवाले अडान लिएका थिए।