Loading... आजः २०८२ माघ २०, सोमबार

दुवै मृगौला फेल डिल बहादुर लाई आर्थिक अभाव , सहयोगपाए बाँच्ने आशा कायमै

जिवन वचे सबैको गुन तिर्ने

कृष्ण शर्मा । दैलेख : दैलेख जिल्ला भगवतिमाई गाउँपालिका वडा नंम्बर ५ साविकको कट्टि गाविस ५ पानतोला निवासि डिल बहादुर चन्द गत जेठ १८ गत्ते देखि टिचिङ हस्पिटल काठमाण्डौँमा छन ।

३६ बर्षिय डिल बहादुरले सुरुमा प्रेसरको समस्या लिएर विभिन्न अस्पतालमा उपचार गराएपनि समस्या समाधान नभएपछि थप उपचारकालागि टिचिङ हस्पिटल मा पुगे ।एक्कासि स्वास्थ रिर्पोटमा मृर्गौला फेलको खबर आएपछि डिलबहादुर मात्र नभई उनका आफन्त तथा शुभ चिन्तकहरुमा जिवन रक्षाको चिन्ता र सन्नटा छायो ।

दुवै मृर्गौलाले काम नगर्ने भएपछि अस्पतालले तत्काल प्रत्यारोपणका लागि शुझाव दियो । परिवारमा आफ्नै पन्ध्र वर्षिय छोरा देखि बृद्ध आमाबुवा समेत मृर्गाैला दिन मञ्जुर भए तर परिवारका सबै संग रगत ग्रुप  मिलेन उता अस्पतालले भने ज्यान बचाउने भए तत्काल भारत लैजान सल्लाहा दिईएको छ ।

साधारण खेतिपाति पशुपालन र ज्याला मज्दुरि गरि जिविकोपार्जन गर्दै आएका डिल बहादुर र उनका आफन्तहरु लाई भारत गएर उपचारगर्ने खर्च जुटाउनू निदाएपछि देखिने एक काल्पनिक सत्य बनेको छ ।

उपचार खर्चको जोहो नभएपछि अस्पतालकै एउटा सैयामा सरण बसेर डिल बहादुर र उनकी पत्नि निरा चन्द मनकारि दाताहरुसंग मुत्युमाथिको विजय मागि रहेका छन ।

उनका अहिले उमेरले सत्तरि नागेका आमा बुवा , धर्म पत्नि र दुई नाबालक छोरा हरु रहेका छन । परिवर्तन दैनिक संग कुरा गर्दै उनले सबैको सानो सहयोग बाट जिवन पाउने अशा ब्यक्त गरेका छन । जसकालागि मेघाबैँक सुर्खेतमा रहेको खाता ०५३००५००३०८४५ मा रकम जम्मा गरि जिवन रक्षा गरिदिन सम्पुर्णमा आग्रह समेत गरेका छन ।

फोन सम्पर्कबाट सहयोगको आशा गर्दै ९८६८०२५२१४ र ९८००५३१११३ दुईवटा नम्बरहरु सार्वजनिक गरेका छन । डिल बहादुरले सहयोग बाट जिवन वचे र सबैको गुन तिर्ने आशा समेत ब्यक्त गरेका छन ।