Loading... आजः २०८१ बैशाख १७, सोमबार

कृषि विकास कार्यालय दैलेखद्धारा ४८ कृषक सम्मानित

जनही १५ हजार रुपैयाँ राशिसहित सम्मान

 

दैलेख : कृषि विकास कार्यालय दैलेखले ४८ जना कृषकलाई बुधबार सम्मान गरेको छ ।
यस आर्थिक वर्ष सम्मानका लागि छनोटमा परेका जिल्ला भरका ४८ जना कृषकलाई जनही १५ हजार रुपैयाँ राशिसहित सम्मान पत्रले सम्मान गरेको हो । सम्मानित हुनेमा यस आर्थिक वर्षमा छानिएका दुल्लू नगरपालिकाका सबै भन्दा धेरै १२ कृषक सम्मानित भएका छन् । सबैभन्दा कम ठाँटिकाध गाउँपालिकाका कृषक सम्मानित भए । यस बर्ष आठविस नगरपालिकाका कुनै पनि कृषक सम्मानित भएका छैनन् ।
११ स्थानिय तह रहेको दैलेखमा विभिन्न पालिकाहरुमा भिन्न–भिन्न किसिमका कृषकहरु छन । उनिहरुले विहाना साँझ कुटो कोदालो गरी जिविका चलाइ रहेका हुन्छन् । ‘मेरो किसान मेरो अन्नदाता’ ब्यवसायिक कृषकका लागि उत्पादनमा आधारीत प्रोत्साहन कार्यक्रम भन्ने नारा सहित कृषि विकास कार्यक्रमले विभिन्न समयमा कृषकलाई सम्मान गरिरहेको छ ।

बुधबार प्रोत्साहन रकम वितरण तथा कृषक सम्मान कार्यक्रम गर्दै कृषि विकास कार्यालय दैलेखले जिल्ला भित्रका ४८ जना कृषकलाई सम्मान गरेपछि कृषहरु उत्साहित भएका छन् ।
सम्मान ग्रहण गर्ने आएका कृषकलाई हौसला दिदै कार्यक्रका प्रमुख अतिथी तथा जिल्ला समुन्वय समिति दैलेखका समन्वय प्रमुख प्रेमबहादुर थापाले कृषकका लागि संघ तथा प्रदेश सरकारले राम्रो कार्यक्रम ल्याएको धारण राखे, किसानहरुले आफ्न पौरख चलाए खुसी खोज्न कतै जानु नपर्ने थापाले ताएका छन् ।

उनले कृषकहरुलाई होसला दिदै हरेकका ब्यक्तिले कुनै न कुनै काम गर्न कक्ने हो भने सरकारले ल्याएको खुसी नेपाली समृद्ध नेपाल भन्ने नारा साकार हुनेहुदाँ कृषकलाई परेका हरेक समस्यामा आफुले साथ दिने र कृषकलाई ऋण दिने सवालमा कुनै बैंकले सहज रुपमा ऋण दिने गरि जिल्लाका सरोकारवाला सबै संग सहकार्य भईरहेको बताए ।

कृषक पहिचानको लागि भिन्न पालिकाहरुले कृषक परिचय पत्र बनाइ रेहेको भन्दै सम्पुर्ण कृषकहरुले परिचयपत्र दिनुपर्ने एकै ब्यक्तिले दोहोरो सुविधा लिने परिपाटिको अन्त्य गर्नुपर्ने भन्दै कृषकले गाउँमा सल्लाह गरेर फरकफरक बालिनाली लगाउने गर्दा बजारीकरणको समस्या पनि नपर्ने हुँदा बजारीकरणको समस्यालाई कम गर्दै जिल्ला कृषि विकास कार्यालयले दिनरात नभनी काम गरेकोले कार्यालय प्रमुखको प्रसंसा गरे ।