Loading... आजः २०८१ बैशाख ८, शनिबार

लिबियामा डुंगा दुर्घटना एकको मृत्यु १६ बेपत्ता

 

एजेन्सी – लिबियामा आप्राबासी चढेको डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् ।

लिबियाको पश्चिमी शहर जुवाराको तटीय क्षेत्रमा भएको दुर्घटनामा ५१ जनाको जिबितै उद्धार गरिएको छ । ७० जना आप्रावासी चढेको उक्त डुंगा मौसम खराब भएका कारण डुबेको आशंका गरिएको छ ।

बेपत्ताहरुको खोजी कार्य जारी राखिएको छ । लिबियामा गत महिना मात्रै दुइवटा डुंगा दुर्घटना हुँदा ८० जना आप्राबासीहरुको ज्यान गएको थियो ।

यसैगरी गत अप्रीलमा भएको डुगा दुर्घटनामा १ सय ३० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्