आजदेखि पाँच दिन देशभरका विद्यालयमा काेराेना विरुद्धको खोप

काठमाडौं – सरकारले आजदेखि पाँच दिनसम्म देशभरका विद्यालयमा विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय खुलाई सबै विद्यार्थीलाई खोप लगाउन आग्रह गरेको हो।
सरकारले पछिल्लो समय कोरोना संक्रमण बढेपछि गत पुस २७ गतेदेखि माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। मन्त्रालयले माघ १० गते सूचना जारी गर्दै माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो।
खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ। कोरोना संक्रमण कायमै रहेकाले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभिड–१९ व्यवस्थापन समन्वय समितिले सिफारिस गरेको छ ।








परिवर्तन संवाददाता
१५ माघ २०७८, शनिबार ११:१७