प्रदेश अस्पतालले भाेलि देखि आँखा सम्बन्धी ओपिडी सेवा सुरु गर्ने
सुर्खेत – कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आइतबारदेखि आँखा रोग विशेषज्ञबाट आँखा रोगको उपचार हुने भएको छ। प्रदेश अस्पतालले विरामीहरुलाई आँखा रोगसम्बन्धी (नयाँ सेवा) थपेर उपचार गर्ने भएको हो । अस्पतालका निर्देशक डम्वर खड्काले एक विज्ञप्ती जारी गर्दै आइतबारदेखि आँखा रोगसम्बन्धी ओपिडी सेवा प्रवाह गर्ने जानकारी दिएका छन् ।
पछिल्लो समय प्रदेश अस्पतालले निजी अस्पतालभन्दा सस्तो, भरपर्दो र विश्वसनीय रुपमा सेवा दिइरहेका बेला आँखा रोगसम्बन्धी सेवा दिन थालेको हो। विहान ९ बजेदेखि साँझ ४ बजेसम्म प्रदेश अस्पतालले छुट्टै ओपिडी सेवा सुरु गरेर आँखा रोगसम्बन्धी उपचार गर्ने भएको हो ।








परिवर्तन संवाददाता
१५ माघ २०७८, शनिबार १२:३१