Loading... आजः २०८२ माघ २०, सोमबार

कर्णालीमा काेराेनाकाे पछिल्लो तथ्यांक

सुर्खेत- कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर सुरु भएयता ३ हजार जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पुस महिनादेखि माघ १६ सम्मको तथ्याङ्क हेर्दा ३ हजार ६८ जनामा कोरोना देखिएको हो ।

जसमा पुस महिनाभर जम्मा १६६ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएकोमा माघको आधा महिनामा मात्रै २ हजार ९०२ जनामा कोरोना देखिएको छ। जुन पुस महिनाको तुलनामा झण्डै ९५ प्रतिशतले बढी हो । यो हिसाबले प्रदेशमा कोरोना संक्रमणको अबस्था भयावह बन्दै जानसक्ने जनस्वास्थ्यविद्हरुको आंकलन छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काका अनुसार पुस १२ गते प्रदेशभर जम्मा १ जनामा कोरोना देखिएको थियो । त्यसपछि पुस १६ र २० गते शुन्य संक्रमित थिए । त्यसपछि पुस २२ गते त्यसअघिकै धेरै ५ जनामा कोरोना संक्रमण देखियो। पुस २६ मा आउँदा ह्वात्तै बढेर एकैदिन जम्मा ३५ जनामा संक्रमण देखियो । माघ १ गते पुन संक्रमितको दर झरेर ४ मा झ¥यो। त्यसपछि लगातार संक्रमणको दर उकालो लाग्दोछ।