Loading... आजः २०८२ माघ २०, सोमबार

काँक्रेविहार संरक्षित वन क्षेत्रको पुनः नक्सांकन गर्ने तयारी

सुर्खेत- नेपालको एक मात्र संरक्षित वन काँक्रेविहार संरक्षित वन क्षेत्रको पुनः नक्सांकन गर्ने तयारी गरिएको छ । वन क्षेत्रको भूभाग अतिक्रमणमा पर्न थालेको भन्दै जिल्ला वन क्षेत्र समन्वय समितिले काँक्रेविहार वन क्षेत्रको पुनः नक्सांकन गर्ने निर्णय गरेको हो । पुनः नक्सांकनका लागि पाँच सदस्य प्राविधिक टोली पनि गठन गरिएको छ ।

 

समितिमा डिभिजन वन कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र वीरेन्द्रनगर नगरपालिका प्राविधिकहरु रहनेछन् । सो कार्यको नेतृत्व डिभिजन वन कार्यालय सुर्खेतले गर्नेछ । डिजिजनल वन अधिकृत मुनबहादुर रावतले समितिमा रहने प्राविधिकहरु तोक्ने काम भइरहेको जानकारी दिदैं त्यसपछि बैठक बसी कहिलेदेखि पुनः नक्साँकन गर्ने भन्ने निर्णय गरिने बताए । उनले यदि काम सुरुमा दुई देखि तीन हप्ताभित्र काँक्रेविहार क्षेत्रको नक्साँकनको काम सकिने जानकारी दिए । यसपटक अत्याधुनिक उपकरणबाट काँक्रेविहार वन क्षेत्रको नक्साँकन गरिने उनको भनाइ छ ।