Loading... आजः २०८२ माघ १७, शुक्रबार

कांग्रेस भित्र बिग फाइभ’ को अभ्यास

काठमाडौ – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिमा सहभागितामूलक लोकतान्त्रिक अभ्यासविपरीत गतिविधिहरू भइरहेको प्रति शीर्ष नेताहरूले नै असन्तुष्ट बनेका छन् । हालसम्म बसेका काँग्रेसका तीन वटा केन्द्रीय कार्यसमिति बैठकले पनि त्यसैतर्फ सङ्केत गरेको छ । केन्द्रीय समितिका तीनवटै बैठक बस्नुअघि ‘कोठा’बाट निर्णय भए र त्यो निर्णयलाई अनुमोदनका लागि केन्द्रीय समितिमा ल्याइयो । नेताहरूको आरोप छ, काँग्रेसका पाँच पदाधिकारीले केन्द्रीय कार्यसमितिलाई ‘मन्थन’ नभई ‘अनुमोदन’ गर्ने थलो बनाउन खोजे ।

केन्द्रीय कार्यसमितिमा हाल १६८ सदस्य रहेका छन् जसमा २० जना मनोनीत गर्न बाँकी नै छ । तर यो समितिलाई ‘पङ्गु’ बनाएर सबै अधिकार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ‘बिग फाइभ’ मा निहित बनाउने अभ्यास थालिएको उनीहरूको चिन्ता छ । अनौपचारिक छलफलको दायरा १४ सदस्यीय पदाधिकारी (कोषाध्यक्ष मनोनीत गर्न बाँकी) भित्र समेत फैलिन सकेको छैन । काँग्रेसमा ८ जना सह–महामन्त्रीलाई बाहिर राखेर ‘बिग फाइभ’ को अभ्यासलाई बढावा दिएको पाइन्छ ।