Loading... आजः २०८२ माघ १७, शुक्रबार

दैलेख सदरमुकाममा २४ बर्ष पछि हिमपात

जनजिवन कष्टकर

दैलेख – दैलेख सदरमुकममा २४ वर्षपछि हिमपात भएको छ। यसअघि २०५४ माघ २४ गते हिमपात भएको भए पनि त्यस यता हिउँ नपरेको स्थानीय बत्ताउँछन्।

स्थानीय नमराज सुवेदीले २०५४ माघ २४ गते दैलेख सदरमुकामै दुई दिनसम्म भीषण हिमपात भएको बताए। दैलेखका हिमाली भेगमा बाक्लो हिमपात भएको छ। गुराँस गाउँपालिकाकाको गुराँसे क्षेत्र, महाबु गाउँपालिकाको महाबु लगायत स्थानमा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ।