विद्युतीय कारोबार गर्दा विशेष सतर्कता अपनाउन नेपाल राष्ट्र बैंककाे आग्रह
काठमाडौं – नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबार गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
पछिल्लो समय पैसाको विद्युतीय कारोबार बढेको भन्दै राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै संभावित जोखिमका विषयमा सचेत रहन भनेको हो ।
विभिन्न विद्युतीय उपकरणको माध्यामबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति/समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको गुनासो आइरहेकाले विशेष ध्यान दिन राष्ट्र बैंकले आग्रह गरेको छ।
सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनेर इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङको यूजर नेम र पासवर्ड माग्ने, चिट्ठा परेको भनी लोभ देखाइ रकम माग्नेलगायतका गतिविधि बढ्दै गएको राष्ट्र बैंकले उल्लेख गरेको छ।
राष्ट्र बैंकले अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड ओटिपी वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिन र मोबाइल तथा अन्य डिभाइस एवं एपको पासवर्ड बेलाबेलामा परिवर्तन गर्न पनि आग्रह गरेको छ। 









परिवर्तन संवाददाता
२१ माघ २०७८, शुक्रबार १६:३७