Loading... आजः २०८१ मंसिर २९, शनिबार

सुर्खेतमै प्याराग्लाइडिङकाे मज्जा लिन पाईने

देउती थानसम्म उडान गर्ने अनुमति

सुर्खेत –  प्याराग्लाइडिङकाे मज्जा लिन पाेखरा धाउनु पर्ने बाध्यताकाे अन्त्य गर्न कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरमै सञ्चालन गर्न लागिएकाे छ । निजी क्षेत्रले कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उदेश्यले प्याराग्लाइडिङ सेवालाइ नियमित गर्ने गृहकार्य थालेकाे हाे ।आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्याराग्लाइडिङमा विशेष सहुलियतसहितकाे सेवालाइ निरन्तरता दिन लागिएकाे छ । वेलकम प्याराग्लाइडिङ प्रा.लि.ले वीरेन्द्रनगरकाे गढीदेखी वीरेन्द्रनगरकाे वडा नम्बर १ काे देउती थानसम्म उडान गर्ने अनुमति पाएकाे छ ।

नीजि पर्यटन कम्पनीले वेलकमले टिकट बुकिङ खुला गरेकाे घाेषणा गरेकाे छ । कर्णालीमा पर्यटन गतिविधि अगाडि बढाउन प्याराग्लाइडिङबाट गोठीकाँडादेखि वीरेन्द्रनगर भ्याली भ्रमणका लागि फोटो र भिडियोसहित चार हजार पाँच सय रुपैयाँ कायम गरेकाे छ । याे दरमा पर्यटकलाइ फाेटाे र भिडियाे आवश्यक नपरेको खण्डमा तीन हजार पाँच सय रुपैयामा प्याराग्लाडिङको मज्जा लिन सक्नेछन् ।

प्रदेश उद्योग वाणिज्य सङ्घका अध्यक्ष पदमबहादुर शाहीले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिंगलाइ निरन्तरता दिन लागिएकाे जानकारी दिए । यसअघि पनि गाेठीकाँडादेखि नै प्याराग्लाइडिङ सेवा शुरू गरिएकाे थियाे ।