Loading... आजः २०८१ फाल्गुन २४, शनिबार

कर्णालीमा सरकार गठनकाे तिनमहिना , मन्त्री परिषद विस्तारकाे संकेत

सुर्खेत –  कर्णाली  प्रदेशमा तीन महिनापछि मन्त्रिपरिषद् विस्तारकाे संकेत  बहिरिएकाे छ । १६ कार्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि भोलि आईतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादी जुम्लाका पदम रोकाया, नेपाली काँग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् ।यसैबीच गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउने भएपछि माओवादीले विरोध जनाएको छ । माओवादी कर्णालीमा सबैभन्दा ठुलो दल हो । माओवादीका संसदीय दलका सचेतक तथा सांसद ठम्बरबहादुर बिष्टले गैरसांसदलाई मन्त्री बनाउन लागेपछि सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेखेर विरोध गरेका छन् । ‘