युक्रेनमा रूसी आक्रमण : ५० को मृत्यु
किभ – रूसले युक्रेनमा गरेको आक्रमणमा ५० जनाको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन्। तीमध्ये ४० जना युक्रेनी सैनिक र १० जना सर्वसाधारण रहेका छन्।
रूसी सेना विभिन्न दिशाबाट युक्रेनमा प्रवेश गरेको छ। यसैबीच रूसी ट्यांक र ट्रकहरू बिहीबार बिहानदेखि युक्रेनी सीमामा छिर्न थालेका छन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी आक्रमणबाट आफू नडराउने र दृढताका साथ प्रतिकार गर्ने बताएका छन्। आक्रमणसँगै सरकारले युक्रेनभर ३० दिनका लागि संकटकाल लगाएको छ।









परिवर्तन संवाददाता
१२ फाल्गुन २०७८, बिहीबार २०:३७