Loading... आजः २०८२ माघ २०, सोमबार

एमसिसीको व्याख्यात्मक घोषणामाथि छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित

काठमाडौं –अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतामाथिको प्रस्तावित व्याख्यात्मक घोषणा सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा पेश गरेको प्रस्ताव आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा मन्त्री शर्माले प्रस्ताव पेश गरेका हुन्। सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन्।

सो प्रस्तावमा ‘कम्प्याक्टको पक्ष भएका कारण नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीति लगायत कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भनी घोषणा गर्दछ’ भनिएको छ।

प्रस्तावमा भनिएको छ, ‘देशको मूल कानुनमा रहेको नेपालको संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरूभन्दा माथि रहेको छ भनी घोषणा गर्दछ।’