Loading... आजः २०८२ माघ २०, सोमबार

एमसीसीबारे कर्णालीका सांसद विष्टको टिप्पणी : एमसीसीको पक्षमा उभिने पार्टीहरू इतिहासका डाइनोश्वर !

एमसीसीको बारेमा कर्णालीका सांसदहरुले पनि आ–आफ्ना तर्क–वितर्कहरु सार्वजनिक गर्ने गरेका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका प्रमुख सचेतक समेत रहेका ठम्मर विष्टले एमसीसीको पक्षमा उभिने नेपालका पार्टीहरू इतिहासका डाइनोश्वर भएको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । उनले एमसीसीको बिषयमा देश, जनता र स्वाभीमानलाई लत्याएर कथित ब्याख्यात्मक टिप्पणीको नाममा सदनबाट पास गर्न न्वारनदेखिको बल लगाएर सरकारमा रहनुनै दुनियाकै अन्तिम सत्य हो भनेर कुर्लीरहेका शक्तिहरुलाई जनताको तर्फबाट प्रश्न समेत रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्,‘समयक्रमसँगै एमसीसीको पक्षमा उभिने नेपालका पार्टीहरु इतिहासको डाइनोश्वर त हुनेनै छन्। यसका साथै अब नेपाल नयाँ युक्रेन बन्ने कुराको सहजै आंकलन गर्न पनी गाह्रो भएन । तर, यहाँ स्मरणयोग्य कुरा के छ भने आम जनता यसको विपक्षमा र सत्तावादी पार्टीहरु एमसीसीको पक्षमा हुने कुरा रोक्ने अब एउटै मात्र बिकल्प देखिदै छ त्यो केवल जनताको आन्दोलन र संघर्ष हो