बन्दका कारण सुर्खेत बाट छुट्ने लामो तथा छोटो दुरीका सवारीहरु ठप्प

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत बाट छुट्ने लामो तथा छोटो दुरीका सवारीहरु ठप्प भएका छन ।
बन्दका कारण विहानैदेखि लामो तथा छोटो दुरीका सवारीहरु सञ्चालनमा आएका छैनन् ।
राजधानीबाट बाहिरिने भित्रने कुनै पनि सवारी नचलेको कर्णाली प्रदेश ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । साथै, राजधानीको बजार पनि ठप्प छ ।
वीरेन्द्रनगरका विभिन्न चौकहरुमा बन्दकर्ता रहेपनि अहिलेसम्म कुनै अप्रिय घटना भने भएका छैनन् । वीरेन्द्रनगरका प्राय जसाे चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु परिचालन गरिएको छ ।
नगर प्रहरीका प्रमुखसहितको टोलीले मोबाइल गस्ती गरिरहेको छ ।
प्रहरीले नै सवारीहरुमा हुन सक्ने आगजनी तथा भौतिक क्षती रोक्न सवारी चालकहरुलाई सुरक्षा अपनाउन डाइभर्ट गरिरहेको दृष्यहरु भने देख्न सकिन्छन् ।








परिवर्तन संवाददाता
१६ फाल्गुन २०७८, सोमबार ०८:१९