भाईकाे परिक्षा दिने दाजु पक्राउ

सुर्खेत – सुर्खेत प्रहरीले आफ्नै भाईको परीक्षा दिने दाजुलाई पक्राउ गरेको छ । नेपाल प्रहरीले आह्वान गरिएको प्राविधिकतर्फको जवान पदको परीक्षामा आफ्नै भाईको परीक्षा दिने दाजुलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार लोक सेवा आयोगले लिएको परीक्षामा सहभागी भएका लक्ष्मीप्रसाद सञ्ज्याल प्रहरीले पक्राउ गरेको हो ।
वीरेन्द्रनगरको श्रीकृष्ण माध्यामिक विद्यालयबाट शनिबार अपरान्ह ४ बजे सञ्ज्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार पक्राउ पर्नेमा कनकासुन्दरी गाउँपालिका ८ जुम्ला घर भएका सञ्ज्यालका भाई अग्नी प्रसाद सञ्ज्यालको ठाउँमा परीक्षा दिइरहेका दिए । पक्राउ परेका सञ्ज्याललाई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया भैरहेको प्रहरीको भनाई छ ।








परिवर्तन संवाददाता
१६ फाल्गुन २०७८, सोमबार ०८:२९