Loading... आजः २०८२ माघ १७, शुक्रबार

एमसीसी अनुमोदन विरुद्धको बन्दको प्रभाव शैक्षिक क्षेत्र बाहेक अन्यत्र नगन्य, ३ वटा बसमा तोडफोड

 

काठमाडौं  – प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन गरेको विरोधमा ६ कम्युनिष्ट संगठन र २ मोर्चाले आज साेमबार गरेको नेपाल बन्दको प्रभाव राजधानीमा निकै कम परेको छ ।

बन्दकर्ताले एकाविहानै सुकेधारामा दूधको ट्यांकर तोडफोड गरेका छन् भने कलंकीमा लामो दूरीका ३ वटा बसमा तोडफोड गरेका छन् ।

बन्द गराउदै हिँडेका ६ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । विद्यालय तथा कलेजहरु भने बन्द रहेका छन् । राजधानीमा सार्वजनिक तथा निजी सवारी सामान्य रुपमा चलेका छन् भने बजारमा पनि कुनै प्रभाव देखिएको छैन ।

काठमाडौंबाट बाहिर जाने लामो दूरीका यातायातका साधन भने अन्य दिनको तुलनामा कम चलेको ट्राफिक प्रहरीले जनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतले नेपाल बन्द आह्वान गरेका हुन् ।

राजधानी बाहिर पनि छिटफुट प्रभाव देखिएको छ ।