Loading... आजः २०८२ माघ २०, सोमबार

मेलगैरी हत्याकाण्डका २७ वर्ष

 

रुकुम पश्चिम — चर्चित मेलगैरी हत्याकाण्ड भएको २७ वर्ष पुगेको छ । २०५२ सालको फागुन १५ गते तत्कालीन पिपल गाविसको मैलगैरी लेकमा ६ जना खत्री बन्धुको एकै ठाउँमा हत्या गरिएको थियो । हालको बाँफिकोट गाउँपालिका २ मेलगैरीमा एउटै घरमा रहेका ६ जनाको प्रहरीले हत्या गरेको थियो ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २, को पिपलस्थित मेलगैरी हत्याकाण्ड भएको घर । तस्बिर : हरि गौतम/कान्तिपुर

कलबहादुर खत्री, खड्कबहादुर केसी, पशुपति खत्री, दलबहादुर खत्री, लालबहादुर खत्री र मनबहादुर खत्रीको इलाका प्रहरी कार्यालय बाँफिकोटबाट आएको प्रहरीले हत्या गरेको थियो । तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेपछिको यो पहिलो सामूहिक हत्याकाण्डसमेत हो । त्यसको अघिल्लो दिन फागुन १४ गते गोरखाका दिलबहादुर रम्तेलको हत्या प्रहरीबाट भएको थियो । जनयुद्ध घोषणा गरेको १५औं दिनमा प्रहरीले यी ६ जनाको एकै पटक हत्या गरेको थियो । साभार कान्तीपुर