Loading... आजः २०८२ माघ २०, सोमबार

भीम रावलले अनुचित र अनुशासनहीन काम गर्दै हुनुहुन्छ : ओली

रावलले व्यक्तिगत तवरमा आफूलाई हिरो देखाउन खोजेको ओलीको टिप्पणी छ।

‘हाम्रो पार्टीले लिएका नीति र व्यवहार ठीक छ, त्यसका विरुद्ध पृथक देखिएर गर्ने क्रियाकलाप अनुशासनभित्र पर्दैन’, पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषद्को सदस्य हो। तर उहाँले आत्मकेन्द्रित र आत्मप्रचारक भएर अनुचित र अनुशासनहीन क्रियाकलाप गरिरहनुभएको छ। त्यससम्बन्धमा पार्टीको ध्यान गएको छ।

संसद बैठकमा एमाले सभामुखविरुद्ध आन्दोलन जारी राखे पनि रावलले पछिल्लो समय एमसिसीको बहसमा भाग लिएका थिए।