Loading... आजः २०८३ बैशाख ६, आईतवार

युरोपेली संसद्‌मा बोल्दै युक्रेनी राष्ट्रपति : साथ दिन आह्वान

ब्रसेल्स – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज युरोपेली संसद्‌मा भाषण दिएका छन्। जेलेन्स्कीको भाषणमा संसद्‌मा उपस्थित व्यक्तिले उभिएर ताली बजाई स्वागत गरेका थिए।

युक्रेनका राष्ट्रपतिले युरोपेली देशहरूलाई संकटको यो घडीमा आफूहरू युक्रेनको साथमा रहेको प्रमाणित गर्न पनि आग्रह गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले भने‚ ‘युक्रेन संकटमा फसेको छ। यो संकटको घडीमा युरोपेली संघले हामीसँग रहेको प्रमाणित गर्नुपर्छ।’

उनले हरतरहले युरोपेली स‌ंघका सदस्यले युक्रेनलाई सहयोग गर्न आह्वान गरेका छन्।

उनले भने‚ ‘हामी आफ्नो भूमि र स्वतन्त्रताका लागि लडिरहेका छौँ। हामीलाई थाहा छ‚ हाम्रा सबै शहर ब्लक गरिएका छन्। हामीलाई कसैले भत्काउन सक्दैन। हामी शक्तिशाली छौँ। हामी युक्रेनी हौँ।’

रूसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँ अस्तव्यस्त रहेको छ।