युक्रेनको सार्वभौमिकताप्रति नेपालको समर्थन : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनसँग नेपालको गरिबी निवारण, विकास र जलवायु परिवर्तनका बारेमा छलफल भएको बताएका छन्।
गएराति विदेशमन्त्री ब्लिंकनसँगको कुराकानीमा उनले नेपाल र अमेरिकाको ७५ वर्ष लामो सम्बन्धको बारेमा समेत चर्चा भएको र रुसले युक्रेनमाथि गरेको हमलाको बारेमा पनि छलफल भएको जनाएका छन्।
देउवाले युक्रेनको सार्वभौमसत्ता प्रति नेपालको समर्थन रहेको जवाफ दिएको समेत उल्लेख गरेका छन्।
गत आइतबार अमेरिकी सहायतका परियोजना एमसीसी संसदबाट पारित भएसँगै अमेरिकी उच्च अधिकारीसँग यो पहिलो वार्ता हो। नेपालस्थित अमेरिकी दूतावासले एमसीसी पारित भएसँगै यसको स्वागत गरेको थियो।








परिवर्तन संवाददाता
१८ फाल्गुन २०७८, बुधबार १०:२९