Loading... आजः २०८२ माघ २१, मंगलवार

ओलीलक्षित विश्वप्रकाशको नयाँ उखान : विभाजित कम्युनिष्ट पार्टी हरियो रङ देख्दा तर्सिन्छ

काठमाडौं  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विभाजित भएको कम्युनिष्ट पार्टी हरियो रङ देख्दा तर्सिएको टिप्पणी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।

निर्वाचन चुनाव चिह्नबारे प्रमुख प्रतिपक्षी दलका नेताको टिप्पणीबारे तपाईंहरुले पनि प्रश्न गर्नुभयो। अहिले एउटा उखान चर्चामा छ।’ शर्माले भने, ‘पहिला साउनमा के भएकोले हरियो देख्छ भन्थे, अहिले चाँहि विभाजित भएको कम्युनिष्ट पार्टी हरियो रङ देख्दा तर्सिन्छ।’ भन्ने चर्चा छ।

उनले आफूहरु चुनावमा स्वस्थ प्रतिष्पर्धा गर्ने भन्दै कसैले तर्सिनु नपर्ने बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्वाचन आयोगले स्थानीय चुनावको मतपत्रमा चुनाव चिह्न हरियो राख्ने आयोगको निर्णयप्रति आपत्ति जनाएका थिए। उनले जताततै कांग्रेसको रुख देखाउनका लागि हरियो रंग प्रयोग गर्न खोजेको टिप्पणी गरेका थिए।