Loading... आजः २०८३ बैशाख ६, आईतवार

ईमेलबाट राजीनामा पठाएका विष्ट द्वारा सनाखत

सुर्खेत – कर्णाली प्रदेश सभा सदस्य माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्मर विष्टले सांसद छोडेको सनाअखत गरेका छन् । शुक्रबार साँझ ५ बजे कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही समक्ष प्रदेश सभा सदस्य पद छोडेको प्रदेश भनि सभामा सनाखत गरेका छन् ।

विटष्टले केही दिन अघि आफ्नो राजीनामा–पत्र कर्णाली प्रदेश सभामा ईमेल मार्फत दर्ता गरेका थिए । काठमाडौंमा भएको बेला नेकपा (माओवादी केन्द्र) र प्रदेश सभामा बाट राजीनामा दिएका थिए भने उनि बुधबार सुर्खेत आईपुगेका हुन् ।

नेपालको संविधानको धारा १८० को (क) मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ । उक्त उपधारामा निजले प्रदेश सभाको सभामुख समक्ष लिखित राजीनामा दिएमा राजीनामा स्वीकृत भएको मानिने व्यवस्था छ।

यस्तै, बिहीबार मात्रै नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको वैठकले निर्णय गर्दै विष्टलाई राजीनामा फिर्ता लिन र पार्टी काममा फर्कन निर्देशन दिएको थियो ।