Loading... आजः २०८३ बैशाख ४, शुक्रबार

रूस-युक्रेन युद्धबारे बाइडेन र सीबीच फोन वार्ता

युक्रेन आक्रमणका क्रममा रूसलाई सैन्य र आर्थिक सहायता उपलब्ध नगराओस् भनी अमेरिकाले चीनलाई रोक्न खोजिरहेको छ।
युक्रेनविरुद्ध रूसी आक्रमणलाई लिएर अमेरिका र चीनबीचको मतभेद यस वार्ताको केन्द्रमा हुने अपेक्षा गरिएको छ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चीनको समर्थन र युक्रेनमा रूसको बर्बर हमलाको निन्दा नगरेका विषयमा सीसँग प्रश्न गरेको बताएका छन्। ‘राष्ट्रपति सी कहाँ उभिनु भएको छ भनेर मूल्याङ्कन गर्ने यो अवसर हो’, साकीले भनिन्।

चीनले शुक्रबार फेरि एकपटक वार्ता र मानवीय सहायताका लागि अनुदानका लागि आफ्नो अपील दोहोर्‍यायो। साथै उनले अमेरिकाले रूसलाई उक्साएको र युक्रेनलाई हतियार उपलब्ध गराएर द्वन्द्व चर्काएको आरोप लगायो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यानले दैनिक ब्रिफिङमा भने, ‘चीनले जहिले पनि मानवीय हताहती हुन नदिने हरसम्भव प्रयास गर्न अपिल गरेको छ। यो जवाफ दिन सजिलो छ, युक्रेनका जनतालाई के चिज आवश्यक छ – खाना वा मेसिन गन?’