Loading... आजः २०८३ बैशाख ६, आईतवार

कांग्रेस केन्द्रीय समिति बैठक सकियो, चुनावी तालमेलबारे भोलि निर्णय आउने

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा भोलि सैद्धान्तिक निर्णय गर्ने भएको छ।

बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सोमबार सकिएको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएको छ’, बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता महतले भने, ‘भोलि ३ बजे बस्ने बैठकले औपचारिक निर्णय गर्नेछ।’

मंगलबारको बैठकले केन्द्रीय समितिका सदस्यहरुको सुझावलाई समेटेर तयार पार्ने प्रस्ताव पारित गर्ने महतले बताए। उनका अनुसार अधिकांश केन्द्रीय सदस्यले चुनावी तालमेल गरेर जानुपर्नेमा जोड दिएका छन्।

‘केहीले गठबन्धन नगरी पार्टीलाई परीक्षणमा लैजानुपर्छ भन्ने मत पनि राख्नुभएको छ’, महतले भने, ‘तर धेरैजसो साथीहरुले आवश्यकताको सिद्धान्तका आधारमा तालमेल गरेर जानुपर्नेमा जोड दिनुभएको छ।’

कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबारदेखि बसिरहेको हो।