Loading... आजः २०८३ बैशाख ५, शनिबार

दैलेखकोमा काम गर्ने क्रममा लडेर एक जनाको मृत्यू

दैलेख – दैलेखको महाबु गाउँपालिकावडा नम्बर ६ मा खानेपानीको पाइपलाइनमा काम गर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

भीरालो ठाउँमा खनिएको पाइपलाइनमा पाइप बिच्छ्याउने क्रममा लडेर स्थानीय ६३ बर्षीय सुर्यबहादुर शाहीको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक सुनारका अनुसार पाइप बिच्छ्याउने क्रममा लडेर घाइते भएका शाहीलाई उपचारका लागि दैलेख सदरमुकाम स्थित दैलेख अस्पतालमा ल्याउँदै गर्दा बाटोमै निधन भएको हो ।