Loading... आजः २०८३ बैशाख ७, सोमबार

कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि जारी रहने छ। शुक्रबारदेखि सुरु भएको बैठक आज अपरान्ह तीन बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसमा यतिखेर आसन्न स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्ने सम्बन्धमा बहस जारी छ। बैठकमा चुनावी तालमेल गर्नुपर्ने र निर्वाचनमा एक्लै जानुपर्ने सम्बन्धमा केन्द्रीय सदस्यले फरकफरक धारणा व्यक्त राखिरहेका छन्।  हिजो तेस्रो दिनसम्मको बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्यले आफ्नो धारणा व्यक्त गर्ने क्रम सम्पन्न भएको छ।

बैठकमा चुनावी तालमेलका साथै निर्वाचनमा पार्टीलाई कसरी मजबुत बनाउने, निर्वाचनको तयारीका लागि पार्टीले सञ्चालन गरिरहेको एकमहिने ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको समीक्षालगायत विषयमा छलफल भएको थियो।