पूर्वप्रधानमन्त्री नेपाल सम्मेलनमा सहभागी हुन टर्कीतर्फ
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल टर्कीमा हुने अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ जाँदै छन्।
उनी टर्कीको अंकारामा आयोजना हुने इको-क्लाइमेट कन्फ्रेन्समा सहभागी हुन आज (सोमबार) राति १० बजे टर्कीस एअरलाइन्सको उडानबाट इस्तान्बुल हॅुदै अंकारातर्फ प्रस्थान गर्न लागेका हुन्।
मार्च २९-३१ सम्म आयोजना हुने उक्त सम्मेलनलाई नेता नेपालले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन्। नेपाल चैत १९ गते स्वदेश फर्किने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।







परिवर्तन संवाददाता
१५ चैत्र २०७८, मंगलवार ०८:२५