सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक

मंगलबार सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । संघले निर्वाचन समिति सचिवालयको स्थापना गर्दै मतदाता नामावलीसहित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
सुर्खेत उद्योग वाणिज्य संघको १३ औं कार्यसमितिको लागि यही चैत २६ गते हुने निर्वाचन प्रयोजनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले चैत १५ अर्थात मंगलबार २०१४ जना मतदाताहरूको नामावली प्रकाशन गरेको छ ।







परिवर्तन संवाददाता
१६ चैत्र २०७८, बुधबार ०९:२४